काठमाडौं । गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा खटिएका प्रहरीलाई काठमाडौं उपत्यका नछोड्न प्रहरी हेडक्वार्टरले निर्देशन गरेको छ ।
प्रधान कार्यालयअन्तर्गत प्रशासन महाशाखाले उपत्यका प्रहरी कार्यालयलाई परिपत्र गर्दै विध्वंशका क्रममा बढी क्षति भएका क्षेत्रमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका छोड्न नदिन निर्देशन दिएको हो ।
प्रदर्शन र विध्वंशबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सोधपुछका निम्ति उनीहरुलाई कुनै पनि समयमा बोलाउन सक्ने भएकाले उपत्यका नछोड्न भनिएको छ ।
परिपत्रमा उल्लेख छ, ‘सो सम्बन्धमा बढी क्षति भएको क्षेत्रहरुमा खटिएका प्रहरी इन्चार्जहरुलाई घटनासम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिको लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउनुहुनसमेत अनुरोध गरिएको छ ।’
७६ जनाको ज्यान जानेगरी भएको जेनजी प्रदर्शनमा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रधानमन्त्री निवासलगायत सयौं सार्वजनिक भवन जलाइएको थियो ।



FACEBOOK COMMENTS