काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) मा निरञ्जन फुयाँल नियुक्त भएका छन् ।
आज बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले फुयाँललाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।
उनको नियुक्ति आजैदेखि लागू हुने बैंकले जनाएको छ ।
सीईओ नियुक्त फुयाँल यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कायम मुकायम उपप्रमुख कार्यकारी अधिकृत थिए । सो पदबाट उनले गत भदौमै राजीनामा दिएका थिए, तर गत आइतबार मात्रै उनको राजीनामा स्वीकृत गरिएको थियो ।
यसअघि एनआरएन बैंकको सीईओ हेमन्त बस्याल थिए ।

FACEBOOK COMMENTS