काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ११ सयले घटेर तोलाको २ लाख ३७ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको २ लाख ३८ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २९९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS