काठमाडौं । देशका १० स्थानमा शाखा रहेको सोफा हब काठमाडौंले ल्याएको दशैं तिहार झड्का अफरको विजेता घोषणा गरेको छ ।
मंगलबार भक्तपुरमा आयोजित एक समारोहमा कम्पनीले ’लक्की ड्र’ मार्फत थाइल्यान्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको हो ।
जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुमकला गणेश, विनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, तम बहादुर सुनार र माधव प्रसाद दुलालले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको सोफा हबका सञ्चालक तारालाल धरेलले जानकारी दिए ।
उनका अनुसार केही समयमा ती विजेतलाई थाइल्याण्डको भ्रमण गराइने भएको छ । साथै गत वर्ष पनि कम्पनीले १० जना ग्राहकलाई युरोप भ्रमण गराएको थियो । कम्पनीले नेपालीहरूको महान् चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुसी साट्न सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले नि:शुल्क थाइल्यान्ड भ्रमण उपहार योजना ल्याएको थियो ।
उक्त अवसरमा सीईओ धरेलले योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै १० जना विजेताहरूलाई बधाई ज्ञापन गरे । साथै उनले आगामी दिनहरूमा पनि सोफा हब काठमाडौंले विभिन्न सुविधासहितको योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

दशैं तिहार, छठको अवसरमा १५ सय बढी ग्राहकले सोफा हबका विभिन्न शाखाबाट फर्निचर तथा सोफा खरिद गरेको सञ्चालक सदस्य जिवन पाण्डेले जानकारी दिए । कम्पनीको गोठाटार, कंलकी, सामाखुसी, बिर्तामोड, पोखरा, चितवन, नेपालगंज, धनगढी, बुटवल र हेटौंडा गरी १० वटा शाखा सञ्चालनमा रहेका छन्।

FACEBOOK COMMENTS