काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पनि पाउने छन् भने आगामी बार्षिक साधारण सभामा भाग लिन पाउनेछन् । बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ ।
बैंकले मंसिर ६ गते सुनसरी उद्योग वाणिज्य संघ, धरानमा सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथावा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्ने जनाएको छ ।
यस्तै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

FACEBOOK COMMENTS