काठमाडौं । अमेरिकाको न्यूयोर्कको मेयरमा विजयी भएका जोहरान मम्दानीले चुनाव जितेपछि नेपाली रेष्टुरेन्टमा मःमः खाएको विषय चर्चामा आएको छ ।
मम्दानीले सामाजिक सञ्जालमा चुनावको नतिजापछि कंग्रेस नेतृ एलेक्जान्ड्रिया ओकासियो कोर्टेजसँग न्यूयोर्कको ज्याक्सन हाइट्समा रहेको लालीगुँरास बिस्ट्रोमा लन्च गरेको जानकारी दिएका हुन् । मम्दानीले मःमःसहित चिया खाएको तस्बिर सार्वजनिक गरेका छन् ।
र्यापरसमेत रहेका मम्दानीले न्यूयोर्कको मेयरमा निर्वाचित भएर विश्वभर चर्चा कमाएका छन् । एक वर्षअघिसम्म नामसमेत नसुनिएका मम्दानीले न्यूयोर्कमा मध्यम वर्गका समस्या उठाउँदै ती समस्या समाधान गर्ने रोडम्याप प्रस्तुत गरेर जनताको विश्वास जितेका छन् । मम्दानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विश्वकै धनी एलन मस्कजस्ताको समर्थन प्राप्त गरेका भेट्रान राजनीतिज्ञ एवम् पूर्वगभर्नर एन्ड्र्यू कुओमोलाई पराजित गरेका छन् ।
मम्दानी प्रसिद्ध भारतीय–अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद मम्दानीका छोरा हुन् ।
FACEBOOK COMMENTS