काठमाडौं । सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब एस ११ नेपाली बजारमा प्रस्तुत गरेको छ।
ग्यालेक्सी एआई र वान यूआई ८ द्वारा संचालित, ट्याब एस ११ ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिन्छ।
सहज क्रिएटिभिटी र प्रोडकटिभिटीका लागि डिजाइन गरिएको ट्याब एस ११ मा एउटा ८ भित्र नै बहुआयामिक ग्यालेक्सी एआई क्षमता निर्मित गरिएको छ, जसले लेख्ने, कोर्ने, मल्टिटास्क गर्ने वा विचार आदान–प्रदान गर्ने कार्यहरूलाई अझ सहज र प्राकृतिक बनाउँछ। लाइभ (रियल–टाइम स्क्रिन शेयरिङ), चित्रकला सहायक, लेखन सहायक,र खोजको लागि सर्कल जस्ता उपकरणहरूले प्रयोगकर्तालाई बिना सम्झौता काम, अध्ययन र आत्म–अभिव्यक्तिमा सशक्त बनाउँछन्।
ग्यालेक्सी ट्याब एस ११ मा ११.० इन्चको उच्च– डेफिनिशन डायनामिक डिस्प्ले र अत्याधुनिक ३ प्रोसेसर रहेको छ, जसले स्मूथ परफर्मेन्स, ऊर्जा दक्षता र प्रोफेशनल–ग्रेड भिजुअल प्रदान गर्छ। यसको अल्ट्रा–स्लिम, हल्का तौलको डिजाइन र सुधारिएकोएस पेनमा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमतायिात्रामा समेत मल्टिटास्किङका लागि आदर्श उपकरण बनेको छ।
थप प्रोडकटिभिटी सुधारहरूमा नयाँ विस्तारित मोडपनि समावेश छ, जसले ट्याब एस ११ र बाह्य मोनिटरलाई डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्छ। साथै, यसमा बहुविध कस्टमाइज गर्न सकिने कार्यक्षेत्रहरूको समर्थन पनि छ। गुडनोट्स, क्लिप स्टुडियो पेन्ट, लुमाफ्यूजन, र नोटेशन जस्ता लोकप्रिय क्रिएटिभ र प्रोडकटिभ एपहरूसँगको अनुकूलताले ट्याब क्११ लाई सिर्जनाकर्मी, पेशेवर र विद्यार्थीहरूका लागि बहुपयोगी साथी बनाउँछ।

सामसङ नेपालकाएमएक्स डिभीजनका डाईरेक्टर, प्रणय रत्न स्थापित भन्छन् – “ग्यालेक्सी ट्याब एस ११ मार्फत हामी नेपालका युवा पेशेवर र सिर्जनाकर्मीहरूलाई प्रिमियम उत्पादकता र आधुनिक सिर्जनशीलताको पुल बन्ने उपकरण प्रदान गर्दैछौं। यो तपाईंलाई जहाँ भए पनि ठूला सोच, स्मार्ट काम र अझ बढी अभिव्यक्ति गर्न सक्षम बनाउने गरी डिजाइन गरिएको हो।” ग्यालेक्सी ट्याब एस ११ अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा संचालित सामसुङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलोईएमआई विकल्प सहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन्।

FACEBOOK COMMENTS