काठमाडौं । व्यवस्थाविरोधी आन्दोलनको तयारीमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुकुम्बासीमाथि भएको ज्यादतीविरुद्ध एकजुट हुन् आह्वान गरेका छन् ।
काठमाडौँ महानगरले सुकुम्बासी बस्ती खाली गर्न एक हप्ताको अल्टिमेटम दिएको सन्दर्भमा आज सुकुम्बासी बस्ती पुगेका उनले त्यस्तो प्रयास सफल हुन नदिने दाबीसमेत गरे । मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईंले काठमाडौँ महानगरका मेयर बालेन साह र महानर प्रहरी प्रमुख राजु पाण्डेलाई ठेगान लगाउने चेतावनी दिए ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा उनले सुकुम्बासीमाथिको ज्यादती सह्य नहुने बताए । सुकुम्बासी बस्ती बसोबास संरचना जिल्ला समितिका अध्यक्ष पदम सिजापतिसहित स्थानीयहरूसँगको भेटघाटका क्रममा प्रसाईंले आफ्नै तागतले लड्न सुकुम्बासीहरूलाई तयारी अवस्थामा रहन आग्रह पनि गरेका छन् ।

FACEBOOK COMMENTS