काठमाडौं । बिबिसीका दुई अधिकारीले राजीनामा दिएका छन् ।
बिबिसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण एडिट गरेर गलत तरिकाले प्रस्तुत गरेको खुलासा भएपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचारका प्रमुख कार्यकारी अधिकृत डेबोरा टर्नेसले राजीनामा दिएका हुन् ।
बीबीसी पानोरामा वृत्तचित्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सम्पादन गरेर दर्शकहरूलाई भ्रमित गरेको भन्दै आलोचना भएपछि उनीहरुको राजीनामा आएको हो । राजीनामा दिदै टिम डेभीले भने( ुकेही गल्तीहरू भएका थिए र महानिर्देशकको रूपमा, मैले त्यसको पूर्ण जिम्मेवारी लिनुपर्छ ।ु
पाँच वर्षदेखि काम गर्दै आएका डेभीले सार्वजनिक प्रसारकलाई विवादमा पार्ने श्रृंखलाबद्ध विवाद र पूर्वाग्रहको आरोपका कारण बढ्दो दबाबको सामना गर्नुपरेको थियो ।
टेलिग्राफले सोमबार लीक गरेको आन्तरिक बीबीसी मेमोको विवरण प्रकाशित गरेको थियो । जसमा पानोरामा कार्यक्रमले अमेरिकी राष्ट्रपतिको भाषणको दुई भागलाई एकसाथ सम्पादन गरेको सुझाव दिइएको थियो । ताकि उनी जनवरी २०२१ को क्यापिटल हिल दंगालाई स्पष्ट रूपमा प्रोत्साहन गरेको देखियोस् ।

बेलायतका राजनीतिक नेताहरूले राजीनामाले परिवर्तन ल्याउने आशा व्यक्त गरेका छन् भने ट्रम्पले राजीनामाको निर्णयलाई स्वागत गरेका छन् ।

आइतबार साँझ यो कदमको घोषणा गर्दै डेभीले सबै सार्वजनिक संस्थाहरू जस्तै, बीबीसीमा पनि गल्ति हुने र हामी सधैं खुला, पारदर्शी र जवाफदेही हुनुपर्ने बताए । उनले समग्रमा बीबीसीले राम्रो काम गरिरहेको तर केही गल्तीहरू भएको बताए । महानिर्देशकको रूपमा आफुले अन्तिम जिम्मेवारी लिनुपर्ने बताए ।

ट्रम्पले २०२१ को जनवरी ६ मा वाशिंगटन डीसीमा भाषणमा ‘हामी क्यापिटलमा जाने छौं, र हामी हाम्रा बहादुर सिनेटरहरू, कांग्रेसीहरू र महिलाहरूलाई हौसला प्रदान गर्नेछौं ।’ यद्यपि, बिबिसीको पानोरामा वृतचित्रमा सम्पादन गरेर उनलाई यसो भन्दै देखाइएको थियो ‘हामी क्यापिटलमा जानेछौं… र म त्यहाँ तपाईंसँगै हुनेछु । र हामी लड्छौं । हामी ज्यान लगाएर लड्छौं ।’

FACEBOOK COMMENTS