काठमाडौँ । चार दलीय समाजवादी मोर्चा २८ महिनामा विघटन भएको छ ।
समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारण बनाउने र भविष्यमा पार्टी एकता गर्ने गरी बनेको मोर्चा विघटन भएको हो ।
मोर्चाका संयोजक समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधवार विज्ञप्ति जारी गरी अलग भएको घोषणा गरेका छन् ।
जेन जी विद्रोहपछि राजनीतिक परिवेश र धारणाहरू व्यापक फेरबदल भएको, सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता तथा मोर्चाबन्दीमा सहभागी भएकाले मोर्चाको औचित्य समाप्त भएको विप्लवले निष्कर्ष निकालेका छन् ।
‘जेन जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् ।

कात्तिक १९ गते मोर्चामा आबद्ध दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादीबिच एकता भएको थियो । २०८० साल असार ४ गते पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा घोषणा गरेका थिए ।


FACEBOOK COMMENTS