मेयर सरावगीसँग भेटेका ५ जना संक्रमित
काठमाडौँ, साउन २१ – वीरगन्ज कारागारका प्रमुख सहित पर्सामा १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ।
विभिन्न क्वारेन्टाइन तथा मास्क र कन्ट्राक्ट ट्रेसिङ्बाट सकलन गरिएको स्वाब नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये बाराका एक क्वारेन्टाइनका १७ जना रहेका छन्।
५ बर्ष देखि ६० बर्ष उमेर समुहका व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ जस्मध्ये २६ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।
वीरगन्ज ४ बिर्तामा रहेको त्रीजुद्व क्वारेन्टाइनका ७६ जना, वीरगन्ज कारागारका ३२ जना, बाराको सिमरामा रहेको क्वारेन्टाइनका १७ जना, वीरगन्जका मेयरसँगको कन्ट्राक्ट टेसिङ्गका अधारमा फेला परेका ५ जना, कोभिड अस्पताल गण्डकका २ जना र नेशनल मेडिकल कलेजका १ जनामा पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
मृत एक युवतिमा पनि कोरोना सक्रमण पुष्टि भएको मेडिकल सुपरिङटेन्डेन्ट डाक्टर उपाध्यायले जानकारी दिए। पर्साको पोखरिया–९ कि १८ बर्षीय युवतीलाई सोमबार देखि निरन्तर बान्ता हुन थाले पछि उपचारको लागि मंगलबार वीरगन्जको नेशलन मेडिकल कलेजमा ल्याउने क्रममा मृत्यु भएको थियो । युवतीको मृत्यु पश्चात कलेजमै पुगेर स्वाव सकलन गरिएकोमा कोरोना संक्रमण भेटिएको हो।
संक्रमित मध्ये अधिकाशमा कोरोनाको लक्षण देखिएको छैन। वीरगन्ज कारागारका प्रमुखले आफुमा पनि कुनै प्रकारको लक्षण नदेखिएको जानकारी दिएका छन्। उनले कारागार भित्र रहेका कैदी बन्दीहरुको पीसीआर परीक्षणको लागि स्वाब सकलन गराउन लगाउँदा आफ्नो पनि स्वाब परीक्षणङ्कँ द्यँऊी पठाएकोमा रिपोर्ट आउँदा संक्रमण देखिएको बताए।
‘मलाई कुनै प्रकारको लक्षण वा आफू भित्र कुनै समस्या नै छ जस्तो महसुस भएको छैन,’ कारागार प्रमुखले सगरमाथासँगको कुरानकानीमा भने।
संक्रमित मध्ये वीरगन्ज भसार कार्यालयमा खटेका सशस्त्र प्रहरीका एकजना जवान, वडा प्रहरी कार्यालाय बिर्ताका एकजना प्रहरी, तीनजना नेपाली सेना रहेका छन्।
पर्सामा कोरोना सक्रमणको सख्या ७ सय ८० पुगेको छ भने मृतकको सख्या १७ पुगेको छ।
FACEBOOK COMMENTS