काठमडौं । एनआइसी एशिया बैंक र होटल क्राउन इम्पेरियल विच सम्झौता भएको छ । सम्झौता पछि एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट पाउँने भएका छन् ।
बैंकका ग्राहकले सेवा क्राउन इम्पेरियल होटलमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न पाउँने एनआइसी एशिया बैंकले जनाएको छ । एनआईसी एशिया बैंकका ग्राहकहरुले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न पाउँने बताइएको छ ।
उक्त सुविधा उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । बैंक र होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS