काठमाडौं । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएको छ ।
विभागले आज सूचना जारी गरेर डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजदेखि अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि सेवा बन्द गरिएको जानकारी दिएको छ ।
कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको सेवा आजदेखि बन्द भएको हो ।
विभागले भनेको छ:
‘यस विभागमा रहेको डाटा सेन्टरमा प्राविधिक समस्या देखा पर्न गएका कारण २०८२ कार्तिक १६ गतेबाट आंशिक रुपमा संचालनमा रहको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा applydlnew.dotm.gov.np प्रणाली मिति २०८२/०७/२८ देखि अर्को सूचना प्रकाशित नहुँदा सम्म बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’



FACEBOOK COMMENTS