काठमाडौं । नेकपा एमालेले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने निर्णय गरेको छ ।
आज बसेको विघटित संसदीय दलको बैठकले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्षसहित रिट निवेदन लैजाने निर्णय गरेको हो । संसद् पुनस्र्थापनाका लागि सर्वोच्चमा मुद्दा लैजान एमालेले महेश बर्तौला र सुनिता बराललाई खटाएको छ ।
संविधान, विधिको शासन, लोकतन्त्र र जनतामा निहित सार्वभौमसत्ताको रक्षाका लागि असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभामा क्रियाशील सम्पूर्ण संसदीय दलहरू, सबै राजनीतिक पार्टीहरू, नागरिक
समाज, विभिन्न सङ्घ संस्थाहरू तथा जुनसुकै ठाउँमा र जुनसुकै पेसा व्यवसायमा रहेका सम्पूर्ण नेपालीहरूलाई असंवैधानिक ढङ्गबाट गरिएको संसद् विघटनको विरोध गर्दै गर्न आह्वान गरेको छ ।
राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, संविधान र लोकतन्त्रीक प्रणालीको पक्षमा आयोजना गर्ने जनप्रदर्शन लगायतका सम्पूर्ण कार्यक्रमहरूमा सक्रियताका साथ सहभागी हुने निर्णय पनि गरेको छ ।

FACEBOOK COMMENTS