काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि उनको दल अवामी लिग आन्दोलित बनेको छ ।
अवामी लिगले बन्ददेखि विरोध कार्यक्रम घोषणा गरेको छ । सोमबार अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनासहित पुर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मानवताविरुद्ध आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । त्यस्तै तत्कालिन प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल(मामुनलाई यस मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको छ । चौधरीलाई राज्यको साक्षी बसेको आरोप लगाइएको छ ।
बंगलादेशी मिडिया डेली स्टारका अनुसार हसिनाविरुद्ध बंगलादेश भर अझै ६६३ मुद्धा रहेका छन् । र ति मुद्धाहरु आफ्नै किसिमले अगाडी बढ्ने अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका अभियोजक मिजनुल इस्लामले जानकारी दिएका छन् । उनका अनुसार पुर्वगृहमन्त्री कमलविरुद्ध २९५ र पुर्व महानिरीक्षक चौधरीविरुद्ध २५९ केस रहेका छन् । न्यायाधिकरणले सुनुवाई गरिसकेका आरोप बाहेकका मुद्धाहरु अगाडी बढ्ने इस्लामले बताएका छन् ।
हसिनाले मृत्युदण्ड पाएपछि बंगलादेशले उनलाई प्रत्यर्पण गर्न माग गरे पनि भारतले गुमाउरो भाषामा अस्वीकार गरेको छ । भारत र बंगलादेशबीच रहेको सुपुर्दगी सन्धि अनुसार भारत हसिनालाई प्रत्यर्पण गर्न बाध्य नहुने व्यवस्था रहेको छ । भारतले आफ्नो विज्ञप्तिमा हसिनालाई मृत्युदण्ड दिइएको घटनालाई ‘नोट’ गरेको उल्लेख गर्दै नजिकको छिमेकी देशको हिसाबले बंगलादेशका जनताको इच्छामा प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS