काठमाडौं । प्रायः तपाईंले याद गर्नुभएको होला, जाडो दिनहरूमा धेरै निद्रा लाग्ने र बेडबाट निस्किन मन नलाग्ने हुन्छ । अत्यधिक निद्रा कुनै सामान्य अवस्था होइन तर यसको पछाडि केही लुकेका कारणहरू छन्, जसको बारेमा सचेत हुनु आवश्यक छ ।
जाडो मौसममा किन बढी निद्रा लाग्छ ? जाडोमा कम उज्यालोका कारण शरीरमा मेलाटोनिन हर्मोनको मात्रा बढ्न थाल्छ । यो हर्मोन निद्रा नियन्त्रण गर्न जिम्मेवार हुन्छ र यसले शरीरलाई आराम गर्ने सङ्केत पनि दिन्छ । यस्तो अवस्थामा प्रकाशको कमी हुँदा यी हर्मोनहरू बढी निस्कन थाल्छन्, जसका कारण व्यक्तिलाई निद्रा बढी लाग्छ । जाडो मौसममा चिसोका कारण शरीरमा धेरै ऊर्जा खपत हुने गर्छ । यो ऊर्जाले शरीरलाई न्यानो राख्न मद्दत गर्छ, जसका कारण शरीर छिट्टै थकित हुन्छ र सुस्त महसुस हुन सक्छ ।
जाडोमा घाम निकै कम हुन्छ, जसका कारण शरीरमा भिटामिन डीको कमी हुन्छ । जब व्यक्तिको शरीरमा भिटामिन डीको कमी हुन्छ, यसले मुड स्विङको समस्या मात्रै गर्दैन, ऊर्जास्तरमा पनि नकारात्मक असर पार्न सक्छ । जसका कारण व्यक्तिलाई बढी निद्रा लाग्ने गर्छ । चिसोका कारण शरीरको तापक्रम अत्यन्तै कम हुन्छ, जसका कारण हामीले शरीरलाई न्यानो राख्नका लागि थप प्रयास गर्नुपर्छ, जसले मस्तिष्कलाई आराम गर्ने सङ्केत दिन्छ ।
यो मौसममा हामी धेरै भारी खाना खान्छौं । यस्तो खानामा कार्बोहाइड्रेट पनि पाइन्छ । यस्तो अवस्थामा यसले शरीरमा ट्रिप्टोफेन एमिनो एसिडको स्तर बढाउँछ, जसका कारण मानिसलाई निद्रा लाग्ने गर्छ ।
FACEBOOK COMMENTS