काठमाडौँ । पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबादमा रहेको फ्याक्ट्रीमा विस्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले प्रारम्भिक अनुसन्धानले ग्यास चुहावटका कारण विस्फोट भएको देखाएको बताएका छन् ।
उनले कारखाना नजिकैका नौ घरहरू विस्फोटबाट प्रभावित भएको बताए । मृतकमध्ये तीन जना कामदार थिए भने बाँकी स्थानीय बासिन्दा भएको विश्वास गरिएको छ ।
पञ्जाबका मुख्यमन्त्री मरियम नवाजले पीडितहरू र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।
FACEBOOK COMMENTS