काठमाण्डौँ — सन् २०४१ भित्र बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् किन्ने घोषणासँगै यसका लागि त्रिदेशीय प्रसारण लाइन निर्माण गरिने भएको छ ।
बंगलादेश सरकारले आफ्नो योजनामै नेपालबाट बिजुली किन्ने उल्लेख गरेपछि सिधै जोडिने गरी सरकारले नेपाल–भारत–बंगलादेश जोड्ने ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको हो ।
अनारमणिदेखि सिलगुढी हुँदै बंगलादेशसम्म त्रिदेशीय प्रसारण बनाउने योजना सरकारको छ ।
यसको सम्भाव्यता अध्ययन हुन बाँकी छ ।
करिब २२ किलोमिटर भूमि भारतको पर्ने भएकोले तीन देशबीचमा सहकार्य गरेर बनाउने योजना रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।
— कारोवार
FACEBOOK COMMENTS