काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो पावर प्लेमा खराब सुरुवात गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले पहिलो पावर प्ले (६ ओभर) को समाप्तिमा दुई विकेट गुमाएर २७ रन बनाएको छ ।
सुदूरपश्चिमले इनिङको पहिलो बलमै ओपनर जस ब्रोनलाई गुमाएको थियो । यस्तै, ४.४ ओभरमा अर्का ओपनर विनोद भण्डारी पनि ११ रन बनाएर पभेलियन फर्किए ।
कर्णालीका सोमपाल कामी र विपीन शर्माले समान एक–एक विकेट लिए ।
FACEBOOK COMMENTS