काठमाडौं । इथोपियामा भएको ज्वालामुखी विस्फोटका कारण नेपालबाट हुने दुई हवाई उडान रद्द गरिएको छ ।
नेपालबाट मंगलबार बिहान १० र ११ बजे हुने तालिका रहेको कतार एयरवेजका दुई उडान उक्त ज्वालामुखीका कारण खरानी उड्दा रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
ती उडान मंगलबारै राति १२ बजेपछि मात्र हुने कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । सबै उडान राति १२ बजेपछि सुचारु हुने कम्पनीले जानकारी दिएको छ । कतारबाहेकका अरू उडान अवरुद्ध नभएको उनले बताए ।
FACEBOOK COMMENTS