काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको एकमात्र खेलमा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
काठमान्डु र लुम्बिनी दुवै अघिल्लो खेलमा पराजित भएकाले दुवै टोली लयमा फर्कने प्रयासमा मैदानमा उत्रिने छन् ।
काठमान्डुले आजको खेलमा प्रतिक श्रेष्ठको स्थानमा दिपेश कँडेललाई मौका दिँदा रिकार्डो भास्कोन्सेलोसको स्थानमा मिलिन्द कुमारलाई टोलीमा फर्काएको छ ।
लुम्बिनीले भने टोलीमा एक परिवर्तन गरेको छ। लुम्बिनीले समीर अलीको स्थानमा तिलक राज भण्डारीलाई टिममा ल्याएको छ ।
FACEBOOK COMMENTS