काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । आज मङ्गलबार सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने, पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेस गरेको राजीनामा स्वीकृति गर्ने निर्णय गरेको छ ।
यस्तै नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्नेलगायतका निर्णय भएको खरेलले बताए ।
हेर्नुहाेस् निर्णयहरू–

FACEBOOK COMMENTS