काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तीन हजार २२० रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS