काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको हो ।
चितवनले दिएको १७५ रनको लक्ष्य पछाएको विराटनगरले १६।५ ओभरमा अलआउट हुदै १२६ रन मात्र बनाएको थियो । विराटनगरका लागि मर्चेन्ट डि लान्गले सर्बाधिक ३९ रन बनाए भने प्रतिस जिसीले ३० रन बनाएका थिए । त्यस्तै साम हिजलेटले २२ रन बनाएका थिए । त्यस्तै चितवनका युवा बलर रन्जीत कुमारले ४ ओभरमा २१ रन दिएर ५ विकेट लिएका थिए । त्य्सैअग्री कमल सिंह ऐरीले २ तथा सोहेल तनवीर, सैफ जैब र कुशल मल्लले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १७४ रन बनाएको थियो । चितवनका लागि रवि भोपाराले सर्बाधिक ६५ रन बनाएका थिए भने सैफ जैबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले २० र डेविड मलानले १७ रन बनाएका थिए ।
त्यस्तै विराटनगरका बलर सन्दीप लामिछाने र मर्चेन्ट डि लान्गले २-२ विकेट लिएका थिए भने शुभम रन्जानेले एक विकेट लिएका थिए । यो जितपछि चितवनको ३ खेलमा ४ अंक भएको छ । त्यस्तै विराटनगरले भने यस सिजनको पहिलो हार बेहोरेको छ । विराटनगरको ४ खेलमा ६ अंक रहेको छ ।
FACEBOOK COMMENTS