काठमाडौं । अमेरिकाले अफगानी नागरिकहरूको लागि सबै आप्रवासन अनुरोध स्थगित गरेको छ ।
वाशिंगटन डिसीस्थित ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते भएपछि अमेरिकाले यस्तो कदम चालेको हो । घटनामा संलग्न संदिग्धलाई अफगान नागरिकको रूपमा पहिचान गरिएको थियो ।
अमेरिकी नागरिकता र आप्रवासन सेवाले ‘सुरक्षा र जाँच प्रोटोकल’ को समीक्षा नभएसम्म यो निर्णय गरिएको बताएको छ । यसअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई ‘आतंकवादी कार्य’ बताएका थिए ।
होमल्याण्ड सेक्युरिटीद्वारा जारी विज्ञप्तिमा संदिग्धलाई रहमानउल्लाह लकनवालको रूपमा पहिचान गरिएको छ र उनलाई अफगानिस्तानबाट आएको एक आपराधिक आप्रवासी भनेर वर्णन गरिएको छ । विज्ञप्ति अनुसार, अमेरिकाले २०२१ मा अफगानिस्तानबाट सैन्य फिर्ता पछि अपरेशन एलाइज वेलकम अन्तर्गत हजारौं अफगानीहरूलाई अमेरिका लागेको थियो ।
यो कार्यक्रम पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा लागू गरिएको थियो । २९ वर्षीय रहमानउल्लाह सेप्टेम्बर २०२१ मा यस कार्यक्रम अन्तर्गत अफगानिस्तानबाट अमेरिका आएका थिए । गोलीबारी पछि, ट्रम्पले अमेरिकाले जो बाइडेनको नेतृत्वमा अफगानिस्तानबाट आउने प्रत्येक आप्रवासीको पुनस् जाँच गर्नुपर्ने बताएका छन् ।

FACEBOOK COMMENTS