काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।
काठमाडौँले दिएको १४३ रनको लक्ष्य पछाएको चितवनले १७.२ ओभरमा अलआउट हुदै ८९ रन मात्र बनाएको थियो ।
चितवनका लागि देव खनाल र रवि भोपाराले २१–२१ रन बनाएका थिए भने सोहेल तनवीरले १८ रन बनाएको थियो ।
त्यस्तै काठमाडौँका बलर रशिद खानले ३ विकेट लिएका थिए भने करण केसी, मिलिन्द कुमार र शाहब आलमले २–२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.४ ओभरमा अलआउट हुदै १४२ रन बनाएको थियो ।

त्यस्तै काठमाडौँका लागि जोन सिम्पसनले सर्बाधिक ६० रन बनाए भने मिलिन्द कुमारले ३८ रन बनाए ।

त्यस्तै चितवनका बलर सोहेल तनवीरले सर्बाधिक ४ विकेट लिए भने रञ्जित कुमार र कमल सिंह ऐरील २–२ विकेट लिए ।

यो जितपछि काठमाडौँले ४ खेलमा २ जित र २ हारसहित ४ अंक बटुलेको छ भने चितवनले ४ खेलमा २ खेल र २ हार बेहोरेको छ ।

FACEBOOK COMMENTS