काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत भ्रमणमा आउने भएका छन् । भारतको विदेश मन्त्रालयले डिसेम्बर ४ र ५ मा पुटिनले भारतको भ्रमण गर्ने जानकारी दिएको छ ।
मन्त्रालयले भनेको छ– ’प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४–५, २०२५ मा भारतको भ्रमणमा आउनुहुनेछ । राष्ट्रपति पुटिन २३औं वार्षिक भारत–रूस शिखर सम्मेलनमा भाग लिनुहुनेछ ।’
यस भ्रमणको क्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने भएका छन् र उनले राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्ने तालिका रहेको छ ।
यो भ्रमणले भारत र रूसबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने भारतीय विदेश मन्त्रालयले जानकरी दिएको छ ।
दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा पनि छलफल गरिने बताइएको छ । पुटिनको भारतको अन्तिम भ्रमण डिसेम्बर २०२१ मा भएको थियो ।

यसको अर्थ फेब्रुअरी २०२२ मा युक्रेनसँगको युद्ध सुरु भएदेखि पुटिनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका छन् ।

FACEBOOK COMMENTS