धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश नेपाली कम्युनिष्ट पार्टीले कोरेको गोरेटोतर्फ हिँडिरहेको दाबी गरेका छन् ।
धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले देशमा चुनावको वातावारण बनिसकेको बताउँदै कांग्रेसले चुनावमा भाग लिने निर्णय गरेको र एमाले पनि चुनावमा आउने दाबी गरे ।
प्रचण्डले एमालेले बाहिर जे भने पनि दल दर्ता गरेर चुनावको बाटोमा आएको बताए ।
प्रचण्डले आफूहरू जेन जीको असली अभिभावक रहेको बताउँदै जेन जीभन्दा बढी सक्रिय रहेको र जेन जीको भावना आफूहरूले नै बुझ्ने बताए ।
प्रचण्डले जेन जी आन्दोलनमा युवाहरूले उठाएका मुद्दाहरू आफूहरूले उठाउँदै आएका मुद्दा भएको दाबी गर्दै आफूहरूले तत्काल जेन जीको आन्दोलनको समर्थन गरेको बताए । प्रचण्डले जेन जी युवाहरूले नेपाली कम्युनिष्ट पार्टीलाई आफ्नो अभिभावक ठानेको दाबी गरे ।

उनले नेपाली कम्युनिष्ट पार्टीलाई चुनावमा देशको सबैभन्दा ठूलो दल बन्नबाट कसैले रोक्न नसक्ने बताए ।

FACEBOOK COMMENTS