काठमाडौं । भारतले श्रीलंकाका बाढी प्रभावितलाई सहयोग पठाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवात दित्वावाका कारण आफ्ना प्रियजन गुमाएका श्रीलंकाका जनताप्रति समवेदना व्यक्त गर्दौ मानवीय सहयोगको घोषणा गरेका छन् ।
प्रधानमन्त्री मोदीले भनेका छन्् ’म सबै प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दछु, उनीहरूको सुरक्षा र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
हाम्रो छिमेकी देशसँगको ऐक्यबद्धतामा, भारतले अपरेशन सागर बन्धु अन्तर्गत तत्काल राहत सामग्री र आवश्यक मानवीय सहयोग पठाएको छ ।
परिस्थिति विकसित हुँदै जाँदा हामी थप सहयोग पठाउन तयार छौं । भारतको छिमेकी पहिलो नीति र दृष्टिकोणलाई ध्यानमा राख्दै, भारत संकटको यस घडीमा श्रीलंकाको साथ दृढतापूर्वक उभिएको छ ।’

यस हप्ता श्रीलंकामा वर्षाले निम्त्याएको बाढी र पहिरोले विनाश निम्त्याएको छ । अहिलेसम्म कम्तिमा ५६ जनाको मृत्यु भएको छ र २१ जना बेपत्ता रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसलाई श्रीलंकामा हालैका वर्षहरूमा भएको सबैभन्दा गम्भीर मौसम–सम्बन्धित प्रकोपहरू मध्ये एक भनिएको छ ।

FACEBOOK COMMENTS