काठमाडौं । नेपालको निर्वाचन इतिहासमै पहिलोपटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू, अपाङ्गता भएका व्यक्ति, र मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरू एकैठाउँ उभिएर नयाँ राजनीतिक शक्ति निर्माण गरेका छन्।
दशकौँदेखि छायामा पारिएका आवाजहरू लोकतान्त्रिक निर्णय–प्रक्रियाको केन्द्रतिर निर्भीक रूपमा अघि बढ्ने घोषणा समावेशी समाजवादी पार्टीले गरेको छ। यो केवल नयाँ राजनीतिक दल गठनको कुरा मात्र होइन, दशकौँसम्म बहिष्करण सहनु परेका समुदायहरूको सामूहिक घोषणा हो।
पार्टीका सल्लाहकार एवं संरक्षक सुनिल बाबु पन्तका अनुसार, यी समुदायहरूले नेपालको लोकतान्त्रिक प्रणालीमा अझै पनि दृढ विश्वास राख्छन्। उनीहरूको सहभागिताले नेपालको राजनीतिक परिवेशमा जीवन्त अनुभव, सहनशीलता र इमानदारिताको शक्ति थपिदिएको छ।
पन्तले समावेशी समाजवादी पार्टीको सल्लाहकार तथा संरक्षकका रूपमा सेवा गर्न पाउँदा आफूलाई सम्मानित महसुस हुने बताएका छन्। उनी यस पार्टीका नेता नभए पनि, नेपालका लागि नयाँ र साहसी दिशा तय गर्ने यात्रामा आफ्नो मार्गदर्शन, अनुभव र ऐक्यबद्धता दृढ रूपमा अर्पण गर्दै साथमा उभिएका छन्।
तेस्रोलिंगी अधिकारकर्मी तथा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु ९चञ्चला० सर्वसम्मत रूपमा पार्टी अध्यक्ष निर्वाचित भएकी छन्। चञ्चलाको नेतृत्व मुख्यधारको राजनीतिको नजरअन्दाजबाट बच्न बाध्य समुदायहरूको शक्ति, सम्मान र अस्तित्वको प्रतिमूर्तिका रूपमा प्रस्तुत भएको पन्तले उल्लेख गरेका छन्।

पच्चीस वर्षदेखि नेपालको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार, पहिचान र गरिमाको उन्नतिका लागि निरन्तर संलग्न पन्तले विविध लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणहरूको कानुनी पहिचान सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान दिएका छन्।

नेपालमा समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी, दुइलिंगी ९लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक० व्यक्तिहरूको पहिचान सहितको अधिकार माग गर्दै पन्तले पहिलो पटक सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। पन्तको रिटमा २०६४ पुस ६ गते सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश नै यो समुदायले पहिचान पाउने महत्त्वपूर्ण आधार बनेको हो।

२०६४ मा सम्पन्न संविधानसभामा प्रतिनिधित्व गर्ने एसियाका पहिलो समलिङ्गी सांसद पन्तको अभिमुखीकरणले २०७२ असोज ३ गते जारी संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार उल्लेख गरिनु ऐतिहासिक उपलब्धि भएको स्मरण गरिन्छ।

उनै पन्तको संरक्षकत्वमा उदय भएको यो नयाँ राजनीतिक दल आजको उपलब्धिलाई निरन्तर सङ्घर्षको विस्तारित यात्रा मान्दछ, जसले अब राष्ट्रिय शासन, न्याय र नीतिगत रूपान्तरणसम्म आफ्नो दायरा बढाएको छ। समावेशी समाजवादी पार्टीको स्थापना केवल प्रतिनिधित्वको लागि नभई नेपालको राजनीतिक तथा विकासको दिशानै पुन: परिभाषित गर्ने अभियान भएको पन्तले प्रस्ट पारेका छन्।

ुहामी एक नयाँ नेपाली विकास दर्शन प्रस्तुत गर्छौँ ( मानिस र प्रकृति दुवैलाई सम्मान गर्ने, १७औँ शताब्दीको पश्चिमेली औद्योगिक संरचनाबाट आएको विनाशकारी, पितृसत्तात्मक, प्रकृति–दोहनकारी विकास मोडेललाई अस्वीकार गर्ने। भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा सङ्घर्ष, दिगो र सम्मानजनक रोजगारीको सिर्जना, नेपालको नाजुक वातावरणको संरक्षण र जलवायु सहनशीलता, कसैलाई पनि पछाडि नछोड्ने समावेशी राष्ट्र निर्माण, प्रतिनिधि लोकतन्त्रबाट सहभागी लोकतन्त्रतर्फको यात्रा,जहाँ नागरिक स्वयं नीतिनिर्माण र कार्यान्वयन निगरानीमा सक्रिय हुनेछन्,ुयी सबै उद्देश्य पार्टीले उद्घोष गरेको छ।
समर्थन फरक छौँ भनेर नमागिने पन्तले लेखेका छन्। हामी समर्थन माग्छौँ किनभने हामी फरक छौँ भनेर होइन, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भएको नाताले पनि होइन, ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायबाट आएको नाताले पनि होइन। हामी समर्थन माग्छौँ किनभने हामी सबै नेपालीका लागि अझ राम्रो, अझ न्यायपूर्ण, जबाफदेही, दूरदर्शी शासन दिन तयार छौँ।
नेतृत्व लिङ्गबाट निर्धारित नहुने स्पष्ट गर्दै पन्तले भने,ुपुरुष भएर होइन, महिला भएर होइन, तेस्रोलिंगी भएर पनि होइन। नेतृत्व क्षमता, इमानदारिता, दृष्टि र जिम्मेवारीले परिभाषित हुन्छ। यिनै मूल्यहरू समावेशी समाजवादी पार्टीको मूल आत्मा भएर लागेको छ।
पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू, अपाङ्गता भएका व्यक्ति, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला, युवा, किसान–श्रमिक, बौद्धिक, र न्याय–गरिमा–समावेशितामा विश्वास गर्ने हरेक नेपालीलाई यस आन्दोलनमा सहभागी हुन आह्वान गरे। प्रश्न गर्न, चुनौती दिन, अझ बलियो बनाउन उनले आग्रह गरे।
इमानदार, समावेशी, प्रकृतिसँग सहअस्तित्व रहने र भविष्यमुखी नेपाल निर्माण गर्न पन्तले आव्हान गरे। “यो केवल एक राजनीतिक दलको प्रारम्भ मात्र होइन, न्यायपूर्ण र समावेशी नेपालतर्फको सामूहिक राष्ट्रिय यात्राको प्रारम्भ हो,” पन्तले उद्घोष गरे।
समावेशी समाजवादी पार्टीले निर्वाचन आयोगमा आगामी फागुन २१ गते हुने चुनावमा भाग लिन आइतबार दल दर्ता गरेको छ। राजनीतिक दलको मान्यता पाएकै दिन समावेशी पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले राजनीतिक दल दर्ता भएको दिनलाई ऐतिहासिक दिनको रूपमा लिनुपर्ने बताएका छन्। “नेपालको इतिहास रचिरहेको दिन हो,” समावेशी समाजवादी पार्टीका उपाध्यक्ष पवन राईले भने, “खुसी छौँ। अब आउने चुनावमा भाग लिन उत्साहित छौँ।”
देश, समाज र राज्यप्रति न्याय दिने आत्मविश्वासका साथ अघि बढ्ने बताउँदै उनले भने, “हामीलाई धेरै भाषण गर्न आउँदैन। हामी आफ्नो कर्ममा विश्वास गर्छौँ। विश्वास छ(देश, समाज, राज्य र समुदायलाई न्याय दिन सक्छौँ। यही आत्मविश्वासका साथ अघि बढ्नेछौँ।”
एजेन्डा पूरा गर्ने मात्र हुने पनि उनले सुनाए। हरेक विविधता र समाजमा पिछडिएका व्यक्तिहरूलाई समेट्ने स्पष्ट गर्दै उपाध्यक्ष राईले क्षमता भएको व्यक्ति अगाडि आउनुपर्ने बताए। पहिचानको आधारमा पद–पावर दुरुपयोग गरी भइरहेका भ्रष्टाचार अन्त्य गर्ने पहिलो भूमिका हुने उनको भनाइ छ।

FACEBOOK COMMENTS