काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदी पनि बढेको छ ।
अघिल्लो दिन ३ हजार ४९० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेको हो ।
FACEBOOK COMMENTS