काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नम्बर ७ का तत्कालीन वडा अध्यक्ष दल बहादुर बिश्वकर्मासमेत ८ जना उपर भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ८ जनाविरुद्ध गाउँपालिकाको वडा नम्बर ७ मा ओखेनी ओडीखोला सिंचाई कुलो निर्माणको क्रममा १९ लाख ४८ हजार ४८८ अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले उपाध्यक्ष बुढा र वडा अध्यक्ष विश्वकर्मालाई कानुन अनुसार कैद र जरिवानाको माग गरेको छ भने निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, तत्कालीन सव(इन्जिनियरहरु अमर शाही र अनिल कुमार बिष्ट, उपभोक्ता समितका अध्यक्ष नरेश बहादुर शाही, सचिव कासी बिश्वकर्मा र कोषाध्यक्ष मधु बिश्वकर्माविरुद्ध जनही १९ लाख ४८ हजार ४८८ बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेको छ
FACEBOOK COMMENTS