काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले २४ घण्टा भित्र विश्वासको मत लिन र विश्वासको मन पाउन नसकेमा प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।
मुख्यमन्त्री यादवले विश्वासको मत पाए भने मुख्यमन्त्रीमा निरन्तर रहने भएका छन् । गैर-संवैधानिक ढंगले यादवको नियुक्ति भएको भन्दै प्रदेशका ७३ सांसदहरूले रिट पेश गरेका थिए ।
FACEBOOK COMMENTS