काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै एकता प्रक्रियामा अगाडि बढेका एनआरएनका नेतृत्व र संरक्षक उपेन्द्र महतोसहित पदाधिकारीसँग छलफल गरेको छ ।
छलफलमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, विदेश विभाग प्रमुख शिशिर खनाले सचिवालय सदस्य गणेश पराजुली सहभागी थिए ।
सो भेटघाट कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न समयमा उठाएको प्रवासमा रहेको नेपालीहरूको मताधिकार तथा एनआरएनको नागरिकता सम्बन्धी विषयमा सदनमा र सार्वजनिक रुपमा मुद्दा उठान गरेकोमा आभार व्यक्त गरेका थिए ।
रास्वपाका तर्फबाट कार्यवाहक सभापति अर्यालले परिवर्तनको लागि एकता आवश्यक रहेको र संयोगवस रास्वपा विवेकशील र गैर आवासीय नेपालीको एकता प्रक्रिया एकै दिन परेको प्रसङ्ग पनि उठान गरेका थिए ।
FACEBOOK COMMENTS