काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।
विराटनगरले दिएको १४५ रनको लक्ष्य पछाएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
लुम्बिनीको जितमा डिआर्ची शर्टले सर्बाधिक ५७ रन बनाएका थिए भने निरोशन डिकवेलाले अविजित २९, सन्दीप जोराले २४, दिलिप नाथले १६ र सुमित महर्जनले १२ रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर सुबाश भण्डारी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए भने बसिर अहमदले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउदै १४४ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले सर्बाधिक ३५ रन बनाए भने बसिर अहमदले २८, साम हीजलेटले २७, फफ डु प्लेसिसले १२, प्रतिस जिसीले ११ र मर्चेन्ट डी लांगले १० रन बनाएका थिए । त्यस्तै लुम्बिनी लायन्सका बलर शेर मल्लले सर्बाधिक ३ विकेट लिए भने जेजे स्मिट, अभिषेश गौतम र रुबेन ट्रम्पेलम्यानले एक एक विकेट लिएका थिए ।
यो जितपछि लुम्बिनीको ६ खेलमा ६ अंक भएको छ र चौथो स्थानमा उक्लिएको छ । त्यस्तै लुम्बिनीले एक खेल खेल्न बाँकी रहदा प्लेअफको सम्भावना कायमै राखेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल शुक्रबार जनकपुर बोल्ट्ससँग खेल्ने तालिका रहेको छ ।

त्यस्तै विराटनगरको भने ६ खेलमा ८ अंक रहेको रहेको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । विराटनगरले अब अन्तिम खेलमा शनिबार सुदूरपश्चिमसँग खेल्ने तालिका रहेको छ ।

FACEBOOK COMMENTS