जनकपुर । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले आज सूचना जारी गरी शुक्रबार दिनको ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको हो ।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सरोजकुमार यादवले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ ।
FACEBOOK COMMENTS