काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाराजगन्ज पुगेका छन् ।
ओलीको सचिवालयले दिएको जानकारीअनुसार अहिले देउवा दम्पती र ओली दम्पतीबीच भेटवार्ता भइरहेको छ ।
आरजू राणा देउवा ओली मन्त्रिपरिषद्मा परराष्ट्र मन्त्री थिइन् । भदौ २४ गते भएको आन्दोलनका क्रममा देउवा दम्पतीले निवासमै कुटाइ खाएका थिए भने ओली दम्पती बालुवाटारबाट हेलिकोप्टरमार्फत् बाहिरिएका थिए ।
ओलीले श्रीमती राधिका शाक्यलाई लिएर देउवा दम्पतीलाई भेट्न उनको निवासमा गएका हुन् ।
FACEBOOK COMMENTS