काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् ।
कार्कीले चौथोपटक क्याविनेट विस्तार गर्न लागेकी हुन् ।
उनले ४ जना मन्त्री थप्न लागेकी हुन् । स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छ्न् ।
श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डको कर्मचारी हुन् । श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।

FACEBOOK COMMENTS