काठमाडौं। निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणहरुको लागि साधारण शेयर जारी गर्ने प्रस्तावसहित आगामी पुस १८ गते साधारण सभा गर्ने भएको छ ।
उक्त निर्णय कम्पनीको संचालक समितिको मंसिर २५ गते, बिहीबार बसेको बैठकले गरेको हो । साधारण सभा पोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ । सभामा चार वटा सामान्य तथा तीन वटा विशेष प्रस्ताव पेस गरिनेछ ।
आइपीओ निष्कासन सम्बन्धी बाँकी प्रक्रिया अघि बढाउन आवश्यक सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव मुख्य एजेन्डामा रहेको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीको उत्पादन फ्याक्ट्री तनहुँमा अवस्थित रहेको छ र सार्वजनिक निष्कासनमार्फत व्यवसाय विस्तार तथा संस्थागत सुदृढतामा महत्वपूर्ण कदम अघि बढाउने तयारी रहेको छ ।
FACEBOOK COMMENTS