काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरुले हङ्गामा भएको छ ।
शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरुले हेर्न नपाएपछि तोडफोड र हङ्गामा गरेका छन् । स्टेडियम पुगेका मेसी छिट्टै स्टेडियमबाट बाहिर निस्किएपछि साल्ट लेक स्टेडियममा फ्यानहरूले कुर्सी र बोतलहरू फ्याँक्दै हंगामा मच्चाएका छन् ।
मेसीलाई हेर्न हजारौं फ्यानहरू भेला भएका थिए । यसबाहेक, उनीहरूले टिकटको लागि चर्को मूल्य तिरेका थिए । फ्यानहरुले हजारौं रकम तिरेर आएका फ्यानका लागि यो एकदमै निराशाजनक घटना भएको प्रतिक्रिया दिएका छन् । उनी केवल १० मिनेटको लागि आएका थिए ।
सबै राजनीतिज्ञ र मन्त्रीहरू उनको वरिपरि भेला भएका थिए । फ्यानहरुले मेसी केवल १० मिनेटको लागि आए र गएको बताएका छन् । यति धेरै पैसा, भावना र समय खेर गएको भन्दै फ्यानहरुले असन्तुष्टि जनाएका थिए ।
मेसी आजै हैदराबादको लागि प्रस्थान गरेका छन् । मेसीले हैदराबादमा प्रदर्शनी खेलमा पनि भाग लिने कार्यक्रम छ । यद्यपि, यो सम्पूर्ण हंगामाले प्रशासन र आयोजकहरूमाथि प्रश्न उठाइरहेको छ । महँगो टिकटको बावजुद, फ्यानहरूले मेसीलाई १० मिनेटको लागि मात्र हेर्न पाए, जबकि उनको प्रदर्शन दिउँसो १:३० बजे सुरु हुने तालिका थियो ।

फ्यानहरूले रंगशालामा तोडफोड पनि गरे र पालहरू पनि भत्काए । हजारौं फ्यानहरू रंगशालामा भेला भएका थिए । मेसीसँगै उरुग्वेका फुटबल दिग्गज लुइस स्वरेज र रोड्रिगो डे पल पनि उपस्थित थिए । तीनै जना अब हैदराबाद गएका छन् । मेसीले साल्ट लेक रंगशालाको परिक्रमा गरे र हजारौं प्रशंसकहरूको अभिवादन स्वीकार गरेका थिए । मेसीका प्रशंसकहरू अर्जेन्टिनाको जर्सी लगाएर आएका थिए ।

FACEBOOK COMMENTS