काठमाडौं । दाङको लमही नगरपालिका– ५ रातो डाँडास्थित रोयल प्यालेस होटलमा पेस्तोल पड्किएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहका अनुसार होटलको कोठामा कर्मचारीले सफा गर्ने क्रममा पेस्तोल एक्कासि पड्किएको हो ।
कर्मचारीको हातमा चोट लागेको उनले बताए। उपचारपश्चात कर्मचारी डिस्चार्ज भइसकेको उनले बताए ।
‘हतियार कसले, के प्रयोजनको लागि राखेको हो अनुसन्धान हुँदैछ,’ उनले भने, ‘हामीले कटुवा पेस्तोल बरामद गरेका छौं।’ घटना शनिबार बिहान ११:३० बजे भएको हो ।
FACEBOOK COMMENTS