काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरू भएको छ ।
भक्तपुरको सल्लाघारीमा आयोजित विशाल जनसागरको उपस्थितिबीच पार्टीका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा अध्यक्ष ओलीले रिमोटबाट झन्डोतोलन गरेका थिए ।
समारोहमा विभिन्न राजनीतिक पार्टीका प्रतनिधिहरूको सहभागिता छ ।
सोमबारसम्म संचालन हुने यस महाधिवेशनले १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने छ । एमालेको यस महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी रहेका छन्, जसमा १०८ प्रतिनिधि मनोनित सचिवालयले मनोनीत गरेको छ ।
तस्बिरमा हेरौँ महाधिवेशनका झलकहरू–



FACEBOOK COMMENTS