काठमाडौँ । भारतीय क्रिकेटर युवराज सिंह, रोबिन उथप्पा, र अभिनेत्री उर्वशी रौतेला, सोनु सूद र मिमी चक्रवर्तीको गैरकानूनी सट्टेबाजी प्लेटफर्म वान एक्स बेट सम्बन्धमा करिब ८ करोड बराबरको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ ।
यी व्यक्तिहरू बाहेक, अंकुश हाजरा र नेहा शर्माको सम्पत्ति विरुद्ध पनि यस्तै कारबाही गरिएको छ । वान एक्स बेट सम्बन्धि मनी लान्ड्रिंग रोकथाम ऐन २००२ अन्तर्गत यी व्यक्तिहरू विरुद्ध कारबाही गरिएको प्रवर्तन निर्देशनालयले जनाएको छ ।
यस मुद्दामा अहिलेसम्म कुल १९.०७ करोड भारु जफत गरिएको छ । प्रवर्तन निर्देशनालयका अनुसार, यसअघि क्रिकेटर शिखर धवन र सुरेश रैनाको ११.१४ करोड भारु बराबरको सम्पत्ति जफत गरेको थियो ।
प्रवर्तन निर्देशनालयले सट्टेबाजी र जुवा प्लेटफर्महरूले देशलाई आर्थिक क्षति पुर्याउने र मनी लान्ड्रिंगलगायत अन्य गैरकानूनी गतिविधिहरूको लागि प्रयोग गरिने भन्दै चेतावनी दिएको छ ।

FACEBOOK COMMENTS