काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं घेराउ गर्न पुगेका जेन जी प्रदर्शनकारीलाई ‘ब्यारिकेट’ लगाएर रोकिएको छ ।
सोमबारकेही जेन जीलाई नियन्त्रणमा लिएर परिसरमा लगिएपछि उनीहरूको रिहाइका निम्ति भन्दै भीड त्यसतर्फ जान खोजेको थियो ।
प्रहरीले ब्यारिकेट राखेर उनीहरूलाई माइतीघरबाट परिसरतर्फ अगाडि बढ्न दिएको छैन । माइतीघरबाट केही मिटरको दूरीमा छ, परिसर । प्रहरीले यसअघि २० भन्दा बढी जेन जीलाई नियन्त्रणमा लिई गाडीमा राखेर लिएर गएको थियो ।
प्रदर्शनमा उत्रिएका जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले जेन जी अगुवा मिराज ढुंगानालाई पनि नियन्त्रणमा लिएको थियो । पछि उनलाई भने छाडिएको छ ।
माइतीघरमा आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई अनुमति दिएको थिएन । अनुमतिविपरीत प्रदर्शनमा उत्रिएकाले हटाउन खोजिएको प्रहरीले जनाएको छ ।मिराजलगायत जेन जी सर्वपक्षीय सरकारसहितका माग राखेर आन्दोलनको घोषणा गर्दै सडकमा उत्रिएका हुन् ।
FACEBOOK COMMENTS