काठमाडौं, श्रावण २९ – रुसले यो भ्याक्सिन लगभग दुई महिनाको मानवीय ट्रायलपछि तयार गरिएको बताउदै प्रक्रिया पुरा गरेर नै मन्जुरी दिएको स्पष्ट गरेको छ । अहिले रुसले बनाएको कोरोना भ्याक्सिनका बारेमा जर्मनी, फ्रान्स, स्पेन र अमेरिकी वैज्ञानिकले आशंका व्यक्त गरिरहेका बेला रुसले यस्तो बताएको हो ।
रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफेससँग कुरा गर्दै यो भ्याक्सिन आउदो दुई सातामा बजारमा आउने बताएका छन् । उनले केहि देशहरु प्रतियोगितामा पहिलो हुन नपाएकोले आशंकामा उत्रिएको आरोप समेत लगाएका छन् । उनले यो भ्याक्सिन मुख्य रुपमा शुरुमा स्वास्थ्यकर्मीहरुलाई दिइने बताएका छन् ।
रुसले अक्टोबरमा ठुलो संख्या भ्याक्सिन अभियान चलाउने तयारी गरेको मिडिया रिपोर्टमा बताइएको छ ।
FACEBOOK COMMENTS