काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बुधबारदेखि शुरु भएको बैठक आजपनि बस्न लागेको हो ।
बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने बताइएको छ र छलफल अझै जारी रहेको छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ ।
शुक्रबार विशेष महाधिवेशन पक्षधरले अब नियमित महाधिवेशन हुन नसक्ने भन्दै पुस मसान्त भित्र विशेष महाधिवेशनमा जान भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खडकालाई ज्ञापन पत्र बुझाएपछि अब बैठक विशेष महाधिवेशनको विषयमा समेत केन्द्रित हुने भएको छ
रास्वपाले ६ क्लस्टर खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू बनाएर मतदान गर्न लागेको छ । जस अनुसार खसआर्यबाट ३३ जना, आदिबासीबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५ जना, थारुबाट ८ जना र मुस्लिमबाट ५ जना उम्मेदवार चयन गर्दैछ ।
आन्तरिक मतदानमा अधिकतम ११० जनालाई मतदान गर्न सकिने र न्युनतम ५७ जना महिला उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्था गरिएको छ । मतदातालाई कुनैपनि क्लस्टर खाली छोड्न नपाइने कम्तिमा १० प्रतिशत मतदान गर्नैपर्ने भनिएको छ ।

रास्वपाले यसअघि पनि उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको थियो । नेपालमा अन्य दलले भन्दा फरक अभ्यास गरेपनि यस प्रक्रियाको पारदर्शितामा भने प्रश्न उठ्ने गरेको छ । उम्मेदवारले कति मत पाए, कति मतदान भयो भन्ने विवरण सार्बजनिक नगरिएकाले प्रश्न उठाउने गरिएको छ ।

साथै काठमाडौँ महानगरका प्रमुख बालेन शाह, कुलमान घिसिङ र जेनजी समुहहरुसँग सहकार्य गर्ने प्रयास जारी रहेकाले यस प्रक्रियामा रहेका कति जना उम्मेदवार बन्न पाउछन् भन्ने अनिश्चित नै रहेको बताइएको छ ।

FACEBOOK COMMENTS