काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ ।
आयोगको आज आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।
आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारका क्रममा गाडी दुईवटा र झण्डा दशवटा मात्रै प्रयोग गर्न पाइने भएको छ ।
जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा जुनसुकै प्रकारको र्याली, गर्दा बढीमा दश वटा राष्ट्रिय झन्डा मात्र प्रयोग गर्न सकिने उल्लेख छ ।
साथै निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचार प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ ।

पढ्नुहोस् पूर्णपाठ–


FACEBOOK COMMENTS