काठमाडौं । तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले के प्रयोजनका निम्ति आफूलाई स्थानहद र राहदानी रोक्का गरेको भन्ने प्रश्न गरेका छन् । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष सोमबार (पुस १४) लिखित जवाफ पेस गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
“मलाई देशको संविधान वा अन्य प्रचलित कानुनको कुन व्यवस्थाअनुसार, के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि, किन स्थानहद र राहदानी रोक्का गरेको हो, कुनै लिखित वा मौखिक जानकारीसम्म दिइएको छैन । न त मलाई यसबारे सोध्ने वा जवाफ दिने मौका नै दिइएको छ,” लेखकको लिखित जवाफमा उल्लेख छ ।
FACEBOOK COMMENTS