काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ । सोमबार महालेखानियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखा परीक्षक तोयम रायासमक्ष छुट्टा–छुट्टै पेस गरेका हुन् ।
सङ्घीय सञ्चित कोषको सञ्चालन र तीन वटै तहका सरकारको एकीकृत वित्तीय विवरण र प्रतिवेदन तयार पारी पेस गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयले गर्दै आएको छ । नेपाल सरकारबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखा परीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरूप तयार पारिएको प्रस्तुत विवरण तथा प्रतिवेदनमा सङ्घ, प्रदेश र स्थानीय सरकार र बजेट प्रणाली बाहिरका निकायका प्रचलित कानुनले तोकेका विवरण पनि प्रतिवेदनमा समावेश गरिएको जनाइएको छ ।
प्रतिवेदन अनुसार आ.ब. २०८१।८२ मा सङ्घ, प्रदेश र स्थानीय सरकारहरुको संचित कोषमा एक खर्ब ८ अर्ब ९९ करोड ६ लाखले ऋणात्मक रहेता पनि नगद अबस्था भने एक खर्व ४ अर्ब १३ करोड ८४ लाखले धनात्मक रहनुका साथै सङ्घ, प्रदेश र स्थानीय सरकारहरु र एक्स्ट्रा बजेटरी निकायका विभिन्न कोषहरुको मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात एक खर्व ८८ अर्ब ९४ करोड ५८ लाखले धनात्मक रहेको छ ।
FACEBOOK COMMENTS