काठमाडौं, साउन २९ – नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ। पछिल्लो २४ घण्टामा ९ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ।